• गृहपृष्ठ
  • ट्राफिक प्रहरीलाई १२० थान स्टप बोर्ड हस्तान्तरण

ट्राफिक प्रहरीलाई १२० थान स्टप बोर्ड हस्तान्तरण

Jan 11th, 2020

काठमाडौ, पुुस २६

शहरी बिकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्रा क्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सुसुचित गर्ने प्रयोजनका लागि १२० थानस्टप बोर्ड शहरी बिकास मन्त्रालयका माननीय राज्य मन्त्री रामबिर मानन्धरले महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई एक समारोहका बिच हस्तान्तरण गरेकाछन ।

राज्यमन्त्री रामबिर मानन्धरका अनुसार कुनै पनि पैदल यात्रुहरुले सवारी दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउन नपरोस तथा सुरक्षित रुपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न सजिलो होस भनेर यो बोर्ड हस्तान्तरण गरिएको हो ।

महाशाखाका प्रमुख ढकालले “उक्त बोर्डहरु काठमाण्डौं उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ, आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा बोर्ड देखाएर बाटो काट्न लगाउने र पैदल यात्रुहरुले पनि यसलाई प्रभाबकारी र परिणाममूखी बनाउदै सुरक्षितयात्रामा सहयोग गर्न समेत अनुरोध गर्दुछ“ भन्नुभयो ।

उक्त बोर्डहरु सफर नेपाल ट्राभल एण्ड टुुर्स प्रा.ली.लेआफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै तयार पारेको हो ।