• गृहपृष्ठ
  • ललितपुरको नर्कटेमा बन्यो सामाजिक विकासका लागि महिला अभियानको भवन

ललितपुरको नर्कटेमा बन्यो सामाजिक विकासका लागि महिला अभियानको भवन

Jan 11th, 2020

आधारभूमि संवाददाता
ललितपुर, २६ पुस


भ्रष्टाचार निवारण गरौं, सभ्य नागरिक बनौं भन्ने मुल नाराका साथ ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ नर्कटेमा सामाजिक विकासका लागि महिला अभियानको भवन उट्घाटन गरिएको छ ।

नवनिर्मित भवनको उद्घाटन प्रदेश नं ३ का माननिय सांसद माधव पौडेलको प्रमुख आतिथ्यतामा गरिएको हो । सो भवन निर्माणका लागि वडा नं ७ का वडाध्यक्ष नकुल थापाले करिब १ रोपनी जग्गा सहयोग गरेका थिए । साथै उक्त भवन निर्माणका लागि प्रदेश नं ३ का सांसद माधव पौडेलले प्रदेशको बजेटबाट ५० लाख रुपैयाँ उपलब्ध गराएका थिए ।

उद्घाटन कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा लगायत नेकपाका नेता शिव कट्टेल, केदार के.सी, दशै वडाका वडाध्यक्ष तथा नगर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य सोही संस्थाकी कला भण्डारीले गरेकी थिइन् भने सभाको सभापतित्व सुनिता पोख्रेलले गरेकी थिइन् ।