• गृहपृष्ठ
  • उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढ्नुभएको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढ्नुभएको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण

Jan 11th, 2020

पाल्पा, २६ पुस (रासस)

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढ्नुभएको सैनिक हेलिकप्टर शुक्रबार पाल्पामा आकस्मिक अवतरण भएको छ । रुपन्देहीको बुटबलमा अवतरण हुनुपर्ने सो हेलिकप्टर मौसमको खराबीका कारण पाल्पामा अवतरण भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले बताउनुभयो ।

शनिबार रुपन्देही जिल्लास्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यक्रममा सहभागी हुन रक्षामन्त्री पोखरेल बुटबल प्रस्थान गर्नुभएको हो । हेलिकप्टर पाल्पा तानसेनमा अवतरण भएपछि मन्त्री पोखरेल गाडीमा बुटबलतर्फ जानुभएको छ ।