• गृहपृष्ठ
  • अमेरीकामा सहुलियत पाएर पनि निर्यात बृद्धि गर्न सकिएन

अमेरीकामा सहुलियत पाएर पनि निर्यात बृद्धि गर्न सकिएन

Jan 11th, 2020

काठमाडौं, पुष २६
आधारभूमी संवाददाता

अमेरीकी सरकारले विभिन्न बस्तुमा निर्यात गर्न भन्सार छुट दिएपनि सरकारले त्यसको लाभ लिन सकेको छैन । अहिले नेपालले अमेरीकामा ७७ बस्तुमा भन्सार महसुल बिना नै निर्यात गर्न पाउँछ । तर ती बस्तुको निर्यात अत्यन्त न्युन भएको देखिन्छ ।

२०७२ वैशाखको भूकम्पको असर नेपाली अर्थतन्त्रमा परेपछि अर्थतन्त्रलाई सहयोग पुर्याउने उद्देश्यसहित ६६ बस्तुमा भन्सार महसुल छुट दिइयो । त्यसको एक वर्ष पछि फेरी ११ बस्तुमा थप गरियो । तर यो चार वर्षमा यसरी अनुदान पाएका बस्तुको निर्यात भने अत्यन्त न्युन छ ।

अमेरिकाले भन्सार छुट को दिएका वस्तुमा पस्मिना, स्कार्फ, कार्पेट, छालाका उत्पादन लगायत वस्तु पर्छन् । तर शुन्य भन्सारको सुविधा पाएका ७७ वस्तुमध्ये नेपाल २३ वस्तुको निर्यातमै सीमित छ ।

अमेरिकामाभएको निर्यातमा शुन्यभन्सार सुविधा पाएका वस्तुको निर्यात हिस्सा आर्थिक वर्ष २०७२÷०७३ मा ९ दशमलव चार प्रतिशत रहेकामा गत आर्थिक वर्ष ६ दशमलव ३ प्रतिशतमा खुम्चिएको छ । नेपालले शुन्य भन्सारमा ७७ वस्तु निर्यात गर्ने अमेरिकी सुविधा पाएको चार वर्ष भयो । तर त्यो सुविधाको लाभ भने उठाउन सकेको छैन । ४ वर्षमा नेपालले भन्सार सुविधा पाएका करिब तीन अर्बको सामान मात्र निर्यात गरेको छ ।

गत आर्थिक वर्ष अमेरिकामा १० अर्ब ८४ करोड ८८ लाख रुपैयाँका वस्तु निर्यात भएकामा शुन्य भन्सार सुविधा पाएका वस्तु भने ६८ करोड ४८ लाख रुपैयाँका मात्र हुन् । नेपालले न निर्यात हुने वस्तुको संख्या बढाउन सकेको छ, न त निर्यातको परिणाम बढाएर लाभ उठाएको छ ।

शुन्य भन्सार सुविधाबाट लाभ उठाउनका लागि वस्तुको उत्पादन बढाउन न सरकारले ठोस पहल गरेको छ, न त निजी क्षेत्रले नै वस्तुको गुणस्तर वृद्धि गरेका छन् । बजार पाएर पनि नेपालआफनै कारण लाभ उठाउनबाट चुकेको छ ।

अमेरिकाले नेपाललाई १० वर्षका लागि शुन्य भन्सारको सुविधा दिएकामा त्यो समय सकिन अब धेरै वर्ष छैन । शुन्यभन्सार सुविधाको लाभ लिन नसक्नुले निर्यात प्रबद्र्धनका लागि सरकारसँग ठोस कार्यक्रम नै नरहेको स्पस्ट भएको छ ।

अमेरिकाले त्यहिवर्ष ६६ वटा नेपाली वस्तुमा शुन्यभन्सारको सुविधादिने निर्णय गर्यो । अमेरिकी संसदले नै नेपालमाउत्पादित वस्तुलाई शुन्यभन्सारमाप्रवेश गर्न दिने निर्णय गरेको थियो । तर अमेरीकी संसले दिएको यस्तो सुविधा नेपाले भने प्रयोग गर्न सकेन ।