• गृहपृष्ठ
  • नेपाल बैंकको ६० औं बार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंकको ६० औं बार्षिक साधारण सभा सम्पन्न

Jan 10th, 2020

काठमाडौ, पुुस २५

नैपाल बैंकको ६० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज शुक्रबार शसत्र प्रहरी बलको सभाहलमा बार्षिक साधरण सभा सम्पन्न गरेको हो ।

सभाले गत आर्थिक बर्षको खुुद मुनाफा मध्येबाट १० प्रतिशतका दरले ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । यसैगरी सोही सभाले चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय पनि पारित भएको छ ।

बैंकले सोही सभा मार्फत हाल कायम रहेको अधिकृत पूँजी १० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने र सोही अनुसार प्रबन्ध पत्रको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।