आगलागीबाट विभिन्न धनमाल जेलर नष्ट

Jan 10th, 2020

काठमाडौं, २५ पुस

ललितपुर बाग्मती गाउँपालिका ५ ईकुडोल बस्ने रामप्रसाद बजगाँईको कच्ची घरमा बिहीबार दिउँसो करेन्ट सर्ट भई आगलागी भएर उनकै अर्को २ तले कच्ची घरमा समेत फैलिँदा अन्नपात र बोईलर कुखुराको चल्ला १ हजार वटा जलेर नष्ट भई करिब ३१ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका ४ बस्ने कुल बाहादुर तामाङको टिनको छाना भएको खाली कुखुरा फर्ममा बिहीबार साँझ आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नुवाकोट, तार्केश्वर गाउँपालिका ५ डाँडाथोकस्थित एनसेल टावरमा बिहीवार साँझ आगलागी हुँदा टावरमा रहेको जेनेरेटर र मेसिन जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल प्राप्त हुन बाँकी रहेको छ ।

रौतहट, गौर नगरपालिका ८ पुरनवा बस्ने ओमनारायण साहको घरमा पार्किङ गरी राखेको ना.१ ब २९७२ नम्बरको मोटरसाइकलमा शुक्रबार बिहान आगलागी हुँदा मोटरसाइकल जलेर नष्ट भई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।