• गृहपृष्ठ
  • सूर्यविनायक नगरपालिका विकास निर्माणका काममा जनताको राय बमोजिम प्रदेश सरकारसंग सहकार्य गरी अघि बढेको छ – वासुदेव थापा, मेयर सूर्यविनायक नगरपालिका

सूर्यविनायक नगरपालिका विकास निर्माणका काममा जनताको राय बमोजिम प्रदेश सरकारसंग सहकार्य गरी अघि बढेको छ – वासुदेव थापा, मेयर सूर्यविनायक नगरपालिका

Jan 10th, 2020

काठमाडौँ, २५ पुस

कृषि, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई मूल एजेण्डा बनाइ विकासका मार्ग तय गरेको सूर्यविनायक नगरपालिका संवृद्धितर्फ लम्कदै छ । नगरको विकास र समृद्धिका लागि डेढ दर्जनभन्दा बढी नारा तय गरेको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा २० वटा विषयगत नाराहरू समेटिएका छन । नगरपालिकाले कृषितर्फ ‘कृषि तथा पशुपालनमा आधुनिकीकरण, कृषकको जनजीविकामा रूपान्तरण भन्ने नारा लिएको छ ।

नगरपालिकाले नगरपालिकाले पाँचौँ नगरसभाबाट पारित विषयगत नारासहितको नीति तथा कार्यक्रम अनुरुपका कार्य निरन्तर रुपले भैरहेको दावी गरेको छ । यसै सन्दर्भमा नगरपालिकाले विकास निमार्णका काम देखि समग्र गतिविधीको बारेमा आधारभूमि अनलाइनले नगरपालिकाका मेयर वासुदेव थापासंग कुराकानी गरेको थियो । कुराकानीको सारांस यस्तो छ :

पछिल्लो समय नगरपालिका भित्र के कस्ता गतिविधि भैरहेका छन् ?

यस नगरपालिकाले आफ्नो घोषणपत्र बमोजिम नीति निर्माण गरी निश्चित विधि र प्रकृयामा रहेर विकास निर्माणका काम अघि बढाइरहेको छ । सबै टोल वस्ती समेटेर टुक्रे योजना बनाइ तिनको कार्यान्वयन गरिएको छ ।

अहिले हरेक वडामा २/२ करोडका दरले रकम विनियोजन गरी विकास निर्माणका काम गर्ने अनुमती दिएका छौं । त्यस्तै नियमित कामका साथै नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीलाइ तालिम पनि दिदै आएका छौँ । जसको कारण नगरपालिका भित्रका हरेक काम चुस्त र प्रभावकारी रुपले अघि बढेका छन् ।

पूर्वाधारलाई प्राथमिकतामा राखेको नगरले ‘सडक यातायात पूर्वाधार, तीव्र विकासको आधार,’ नारा तय गरेको छ । यस्तै, शिक्षातर्फ ‘शिक्षा, युवा तथा खेलकुद पूर्वाधार, सन्तुलित नगर विकासको आधार,’ संस्कृति र वनतर्फ ‘धर्म, संस्कृति, पर्यटन र विज्ञान, जैविक विविधतासहितको राष्ट्रिय प्राणी उद्यान,’ वातावरणतर्फ ‘विकासको मूल आधार, वातावरणमैत्री दिगो पूर्वाधार, हनुमन्ते करिडोर निर्माण व्यवस्थापन, ट्राफिक समस्याको दिगो समाधानलगायत नारा नगरसभाबाट पारित भएको छ ।

अधिल्लो वर्ष हामीले नगरपालिकाको विकास निर्माणको लागि हरेक वडाको लागि एक करोड ३० लाख अनुदान दिएका थियौ । अहिले नगरपालिकाको आम्दानी बढ्दै गएको छ त्यसैले हरेक वडामा २÷२ करोड विनियोजन गरिएको हो । नगरक्षेत्र भित्र हालसम्म हामीले ५६ वटा पक्की पुल बनाइसकेका छौं । विकास निर्माणका काममा हामीले प्रदेश सरकारसंग सहकार्य गरिरहेका छौँ ।

नगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा के कस्ता योजना अघि सारेको छ ?

यस नगरपालिकाले चालू आर्थिक वर्षका लागि एक अर्ब ३० करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाले पुँजीगततर्फ ६९ करोड २० लाख, चालू खर्चतर्फ ११ करोड २८ लाख, सामाजिक सुरक्षातर्फ आठ करोड ९९ लाख, विषयगत शाखामा पाँच करोड १० लाख र सशर्त कार्यका लागि ३५ करोड ४३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले पूर्वाधार निर्माणका योजनामा उपभोक्ताको ३५ प्रतिशत लागत सहभागिता अनिवार्य गरेको छ । एक वडा, एक गौरवको योजनाअन्तर्गत वडाका लागि ११ करोड ५० लाख रुपैयाँ, ठूला आयोजनाका लागि थप १० करोड ७० लाखसमेत विनियोजन गरेको छ । आगामी वर्ष पनि पाँच लाख रुपैयाँभन्दा माथिका योजनामा ठेक्का प्रणालीबाटै काम गर्ने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले अघि सारेका यी कार्याक्रम र बजेटको कार्यान्वयनको अवस्था चाहीँ कस्तो छ ?
हामीले पुन निर्माण गर्ने बाटोघाटो बनाउने , खानेपानी आयोजना सञ्चालन गर्ने लगायतका पूर्वाधर विकासमा जोड दिएका छौँ हनुमन्ते करिडोर निर्माणका काम भैरहेको छ । यो काम कन्द्रीय सरकार र प्रदेश सरकार र स्थानीय सरकार मिलेर गरिएको हो । हरेक विकास निर्माणका कामममा सूर्यविनायक नगरपालिका राजनैतिक पूर्वाग्रह भन्दा माथि रहेर एक ढिक्का र एक मत भएर अगाडी बढेको छ ।

शिक्षा, स्वास्थ्य महिला विकास तथा रोजगारको क्षेत्रमा पनि विभिन्न योजना अघि सारेर सो अनुरुपका कार्यक्रम गरिएको छ । सबै कार्यक्रम बजेटमा समेटिएका छन् । नगरको समग्र विकास र प्रशासनिक संयन्त्र प्रभावकारी बनाउँदै सुशासन प्रवद्र्धन गर्ने र आर्थिक सामाजिक रूपान्तरण गर्ने योजना छ, त्यसैअनुसार नाराहरू तय भएका छन  ।

सामुदायिक विद्यालयको अवस्था कस्तो छ र सुधारको लागि के गर्नुभयो ?

समुदायीक विद्यालयको क्षेत्रमा विगतमा जस्तो प्रगति हासिल गर्न सकिएको छैन । यहाँका समुदायीक विद्यालय पहिले भन्दा केही खस्केका छन् । कर्मचारी समायोजन भएपछि कर्मचारी कतिपय ठाउँमा कर्मचारीको अभाव छ भने कहीँ कर्मचारीको फेरबदल भैरहदा दैनिक काममा ढिलासुस्ती भएको छ, जसको कारण सामुदायीक विद्यालयको नियमित अनुगमन र गुणस्तर सुधारका लागि आवस्यक काम नियमित हुन सकेका छैनन् । तर हामीले विद्यालयको अवस्थ्या पहिलेको जस्तै बनाउन के गर्न सकिन्छ भनेर छलफल गर्दै छौँ ।

महिला विकासको क्षेत्रमा के कस्ता काम भए? महिला हिंसा अन्त्य गर्न र हरेक तहमा महिलानको सहभागिता अभिवृद्धि गर्न नगरपालिकाले कस्तो नीति लिएको छ ?

नगरपालिकाको महिला शाखा महिला हिंसा अन्त्य गर्न र महिला सशक्तिकरण गर्न शसत्त रुपले लागिरहेको छ । स्थानिय महिलालाई आत्मनिर्भर बनाउको लागि सिपमूलक तलिम दिने, महिला हिंसा विरुद्ध सचेतनाका कार्यक्रम ल्याउने लगायतका कायृ भैरहेको छ । आउदो माघ सम्ममा महिलाले प्रत्यक्ष अनुभव गर्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

स्थानीय तहमा भ्रष्टाचार हुने गरेका तथ्य बाहिर आइरहेका छन् , जनप्रतिनिधी पनि विभिन्न अनियमित कृयाकलापमा मुछिने गरेका छन् , यस परिवेषमा यस नगरपालिकाले आर्थिक सुशासन कायम गर्न कसरी काम गरेको छ ?

सूर्यविनायक नगरपालिकाका हरेक काम पारदर्शी र नियम सम्मत भएका छन् । अर्थिक अनियमितिता र चुहावट हुन नदिन हर सम्भव प्रयास गरिएको छ । हाम्रा जनप्रतिनिधीले आफ्नो जिम्मेवारी भित्र परेका काम इमान्दारी पूर्वक गरेका छन् । कामको सिलसिलामा चिया र विस्कुट खाएर पनि खटिएका छन् । नगरपालिकाका हरेक काम टेण्डर प्रकृयाबाट हुने हुदा अनियमिता हुन पाउदैनन् । त्यस्तै यस नगरपालिका सानो क्षेत्रमा फैलिएको र विकासमा निरन्तर अघि बढेको क्षेत्र भएकाले यसका हरेक गििवधिका जनाताको प्रत्यक्ष चासो हुने गरेको छ । हरेका काम गर्नुपूर्व जनताको राय र समर्थन लिने भएकोले पनि आर्थिक हिनामिनाका काम हुन पाएका छैनन् ।

नगरपालिकाले गरेका गतिविधिबारे स्थानिय जनताको गुनासो पक्कै होला, न्यायीक समितिले त्यसलाई कसरी संबोधन गरेको छ ?

सूर्यविनायक नगरपालिकाले सबैले भन्दा पहिले न्यायीक समिति गठन गरेर आवस्यक नीति, नियम कार्यविधी तय गरी सो अनुरुपका काम गरिरहेको छ । नगरपालिका गठन भएदेखि यता ३५ वटा ऐनकानुन बनायौं र सबै काम तिनै कानुनको परिधिभित्र रहेर गर्ने गरेका छौँ ।

न्यायीक समितिले नगरक्षेत्रभित्रका गुनासोको छिनोफनो गर्ने देखि मुद्दा मामिलको तहकिकात सम्मका काम गर्दै आएको छ । हामीले जनाताको सन्तुष्टीलाई मध्यनजनर राखेर काम गर्ने प्रयास गरेका छौं । हामीले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिएको हुँदा काममा प्ररदर्शिता र जवाफदेतिा पनि गम्भिरतापूर्वक वहन गरेका छौँ । जसले गर्दा जनविश्वास आर्जन गर्न र जनचाहना बमोजिमका काम गर्न सहज भएको छ ।

अवका दिनमा नगरक्षेत्रको विकास प्रकृया कसरी अघि बढाउने योजना छ ?

विगतमा तय गरिएका योजना तथा कार्यक्रमलार्इ निरन्तरता दिएर अधुरा काम पूरा गर्ने योजना छ । सार्थ यस क्षेत्रका १० वटै वडामा मेलाम्ची खानेपानी पुर्याउने तयारी गरिएको छ । स्थानीयले मेलाम्ची खानेपानी चाहिन्छ भन्ने आवाज उठाएकाले उनीहरुको माग बमोजिम सो योजना ल्याइएको हो ।

त्यस्तै भौतिक पूर्वाधार निर्माणलाई प्रथमिकता दिइने छ । पुल बनाउने, मठ मन्दिर सुधार्ने, बन क्षेत्रको संरक्षण गर्ने, डोलेश्वर मन्दिरलाई सुधार र व्यवस्थित गर्ने लगाएतका योजना अधि सारिएको छ ।