• गृहपृष्ठ
  • सेन्ट्रल फाईनान्सद्धारा सात प्रतिसत नगद लाभांस घोषणा

सेन्ट्रल फाईनान्सद्धारा सात प्रतिसत नगद लाभांस घोषणा

Jan 10th, 2020

काठमाडौ, पुुस २५

सेन्ट्रल फाईनान्सले सात प्रतिसत नगद लाभांस बितरण गर्ने घोषणा गरेको छ । फाईनान्सले गत आर्थिक बर्षको खुुद मुनाफा मध्येबाट हाल कायम रहेको चुक्ता पुंजी ८२ करोड ३३ लाख ९७ हजार आठ सय ५९ रुपैयाँ मध्येबाट सात प्रतिसतको अनुुपातमा पाँच करोड ७६ लाख ३७ हजार आठ सय ५० रुपैयाँ नगद लाभांस बितरण गर्ने घोषणा गरेको हो ।

लाभांस बितरणका सम्वन्धमा फाईनान्सको बिहिबार बसेको सञ्चालक समितीको दुुई सय ८३ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं फाईनान्सको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।