• गृहपृष्ठ
  • अमेरिकी हवाई आक्रमणमा तालिबानी एक समूहका कमाण्डरको मृत्यु

अमेरिकी हवाई आक्रमणमा तालिबानी एक समूहका कमाण्डरको मृत्यु

Jan 10th, 2020

काबुल, २५ पुस (रासस/एएफपी)

संयुक्त राज्य अमेरिकाको हवाई आक्रमणमा पश्चिमी अफगास्तिानको हेरातमा क्रियाशिल तालिबानबाट टुक्रिएको एक समूहको कमाण्डर र अरू धेरै लडाकु मारिएका अफगानी अधिकारी तथा सैनिक स्रोतले बिहीबार भने ।

मुल्ला नाङ्ग्यालय नामका कमाण्डर इरानको सिमाना नजिक पर्ने सिन्दान्द जिल्लामा मारिएको हेरातका गभर्नरका प्रवक्ता जेलनी फरहादले बताउनुभयो ।

अफगानी तालिवानका संस्थापक नेता मुल्लाह ओमारको सन् २०१३ मा भएको मृत्युपछि नाङ्ग्यालयको समूह टुक्रिएर मुल्लाश रसुलले नेतृत्व गरेको समूहमा मिलेको थियो ।

प्रान्तीय प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार अफगानिस्तानको उक्त आक्रमण अमेरिकी ड्रोनद्वारा गरिएको थियो ।

अफगानिस्तानमा कार्यरत उत्तर एट्लान्टिक सन्धि संगठन ९नेटो० सम्वद्ध एक स्रोतले एएफपीलाई बताए अनुसार “नेटो सेनाले ‘अफगान सेनाको समर्थनमा एक रक्षात्मक हवाई हमला’ गरेको थियो । हेरातका प्रवक्ताले यस अभियानमा अमेरिकीको सहभागिता पुष्टि गरेका छन् ।

तालिवान समूहले वाशिङ्टनसँग एक बर्ष भन्दा बढी समयदेखि वार्ता गरिरहेको छ । अमेरिकाले आफ्नो सेनालाई स्वदेश फिर्ता गर्नुपूर्व तालिवान समूहहरूद्वारा अफगानिस्तानमा शान्ति वार्तामार्फत् सुरक्षाको प्रत्याभूत गर्नुपर्ने बताउँदै आएको छ ।