• गृहपृष्ठ
  • जानकी फाईनान्सको २३ औं बार्षिक साधारण सभा सम्पन्न

जानकी फाईनान्सको २३ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 9th, 2020

काठमाडौ, पुस २४

जानकी फाइनान्स कम्पनी लिमिटेड, जनकपुरधामको २३ औं बार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष रघुनाथ प्रसाद साहको सभापतित्वमा होटल मानकी इन्टरनेशनल प्रा.लि., जनकपुरधाममा सम्पन्न भएको छ । सभामा वित्तीय संस्थाका सञ्चालकहरु अमरनाथ गुप्ता, अशोक कुमार जालान, महाबीर कुमार सुल्तानिया, दिप नारायण साह, प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र पूर्व अध्यक्ष बजंरग प्रसाद साह, शिव शंकर प्रसाद साहको साथै संस्थापक शेयरधनीहरु र सर्वसाधारण शेयरधनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

वित्तीय संस्थाको २३ औं बार्षिक साधारण सभामा छलफलका तथा निर्णयको लागि आ.ब. २०७५/७६ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात तथा आ.ब. २०७५/७६ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, चुक्ता पूँजीको १.१६ प्रतिसत नगद लांभाश बोनस शेयर कर प्रयोजनको लागि, आ.ब. २०७६/७७ को हरहिसाव लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने, चुक्ता पूँजीको २२ प्रतिसत लांभाशको रुपमा बोनस शेयर दिने, वित्तीय संस्थाको कारोबार ३ जिल्लाबाट बिस्तार गरी प्रदेश नं.२ को ८ वटै जिल्ला कायम गर्ने र जानकी फाइनान्स कम्पनी लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा बैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु पेश गरेकोमा सो प्रस्तावहरु ध्वनि मतले पारित भयो ।

साधारण सभामा शेयरधनीहरु पंकज कुमार ठाकुर, श्री गणेश झा, सरोज कुमार ठाकुर, दिपेन्द्र कुमार मिश्र, श्री गोपाल मोक्तान, कुलदीप चौधरी, बजंरग प्रसाद साह, दिनेश प्रसाद साह र युगल किशोर पंजियार ले आफनो धारणा व्यक्त गरेका थिए ।