• गृहपृष्ठ
  • राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा जोशी

राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा जोशी

Jan 9th, 2020

काठमाडौ, पुस २४

व्यवसायिक आचारसंहित, संस्थागत सामाजिक उत्तरदायित्व, सुसासन जस्ता बिधामा काम गरिरहेको निजी क्षेत्रको संस्था राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को तेहौं्र वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले गरेको निर्वाचित कार्यक्रम अनुसार कार्यसमितिको निर्बिरोध निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा श्री कुश कुमार जोशी, संस्थापक निवर्तमान अध्यक्ष रहने श्री पद्म ज्योति, उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिव सुरेन्द्रबीर मालाकार, कोषाध्ययक्षमा दिपक मल्होत्रा, सचिवद्वयमा सुरेश प्रधान र गोपीकृष्ण न्यौपाने, सहकोषाध्ययक्षमा बिनायक शाह लगायत कार्यसमिति सदस्यहरुमा सरोज प्रसाद पाण्ड,े उमेश लाल श्रेष्ठ, राजेश खड्का, रविन्द्रमान सिंह, अरनिको राजभण्डारी, लता प्याकुरेल, डा. वविन पोखरेल, डा. राजेन्द्र घिसिङ्ग, मुकेश कुमार भट्टराई उपाध्याय, सुधिर मित्तल, खेम लकाई, होम नाथ उपाध्याय, अशोक वैद्य, रमेश महर्जन सहित कार्यसिमिति चयन गरेको छ ।

राष्ट्रिय व्यावसायिक पहलमा मुलुकभरका राष्ट्रिय स्तरका ५० भन्दा बढी महासंघ, संघ र ७० भन्दा बढी प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरु सदस्य रहेका छन् । साथै सभाले बिधान संशोधन गरी संस्थालाई पुनसंरचना गर्दै सातैवटा प्रदेशमा समिति गठन गरि अघि बढ्ने योजना रहेको जनाइएको छ ।