• गृहपृष्ठ
  • लुम्बिनी विकास बैंकद्धारा आर्थिक सहयोग हस्तान्तरण

लुम्बिनी विकास बैंकद्धारा आर्थिक सहयोग हस्तान्तरण

Jan 9th, 2020

काठमाडौ, पुुस २४

लुम्बिनी विकास बैंकले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रत्ननगर नगरपालिका वडा नं १५ माधवपुर स्थित पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई खानेपानीको पाईपलाईन विस्तार गर्ने तथा सरसफाई कार्यक्रम संचालन एवं केहि स्थानमा चेक भल्व तथा चेम्बर निर्माण कार्य गर्नका लागि आर्थिक सहयोग वापत बिहिबार तीन लाख रुपैयाँको चेक उपलब्ध गराएको हो । उक्त चेक बैँकका संचालक चिन्तामणी भट्टराईले पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष आसिक तामाबलाई एक समारोहका बिच हस्तान्तरण गरेका हुुन । त्यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल र टाँडी शाखा प्रबन्धक सुर्दशन घिमिरेको उपस्थिति रहेको थियो ।

बैंकको २०७६ मंसिर मसान्तसम्म चुक्ता पुँजी दुुई अर्ब ५८ करोड ६९ लाख ६३ हजार पाँच सय ५१ रुपैयाँ, कर्जा लगानी २३ अर्ब ९४ करोड ७८ लाख सात हजार तीन सय १५ र निक्षेप संकलन २७ अर्ब आठ करोड ६३ लाख ६२ हजार सात सय ९७ रुपैयाँ रहेको छ । बैंकले आ. व.२०७५÷०७६ मा ५८ करोड ९७ लाख एक हजार दुुई सय १५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आगामी २०७६ पौष २९ गते हुने साधारण सभामा शेयर होल्डरहरुलाई २० प्रतिसत लाभांश दिने प्रस्ताब गरेको छ । यस विकास बैंकले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।