बढेर नै रोकियो नेप्से

Jan 9th, 2020

काठमाडौं, पुुस २४

साताको अन्तिम कारोवार दिन बिहिबार नेप्से बढेर नै रोकिएको छ । आज नेप्से तीन दसमलव ५१ अंकले बढेर १२ सय १३ दसमलव ११ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९५ अंकले बढेर दुुई सय ६४ दसमलव २६ अंकमा पुगेको छ । एक सय ७७ कम्पनीहरुको नौ हजार छ सय ५६ वटा कारोवारमा ३८ लाख ४९ हजार सात सय २२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ८३ करोड ७० लाख ३५ हजार सात सय ५७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक घटेकाछन भने पाँच वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ४२ अंकले घटेर एक हजार ८५ दसमलव एक अंकमा पुुगेको छ । जलबिद्युुत समुहको सुचक एक दसमलव पाँच अंकले घटेर नौ सय ५४ दसमलव ६४ अंकमा पुुगेको छ । उत्पादनमुुलक, अन्य, होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज छ दसमलव ७९ अंकले बढेर १६ सय ४७ दसमलव ४४ अंकमा पुुगेको छ । लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा र टे«डिङ समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रिलायन्स फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार भएको आधारमा भने आज सिभिल बैंकको संस्थापक सेयर परेको छ ।