• गृहपृष्ठ
  • राप्रपाले नेपालीहरुको सुरक्षा व्यवस्था मिलाउन ध्यानकर्षण गराउने

राप्रपाले नेपालीहरुको सुरक्षा व्यवस्था मिलाउन ध्यानकर्षण गराउने

Jan 9th, 2020

काठमाडौ, पुुस २४

राप्रपा अध्यक्ष एवं पार्टीका अन्तराष्ट्रिय सम्बन्ध बिभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यस क्षेत्रमा रहेका नेपालीहरुको हित र सुरक्षाको बारेमा अहिले देखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकमा पछिल्लो अन्तराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समिक्षा र विश्लेषण तथा विभागको भावि कार्यक्रमको खाकाको बिषयमा छलफल भई निर्णय गरिएको राप्रपाको अन्तराष्ट्रिय समन्वय बिभागले जानकारी दिएको छ ।