• गृहपृष्ठ
  • सेजमा देखिएका समस्या ’अन द स्पोर्ट’ समधान गर्छौ, मन्त्री भट्ट

सेजमा देखिएका समस्या ’अन द स्पोर्ट’ समधान गर्छौ, मन्त्री भट्ट

Jan 9th, 2020

काठमाडौ, पुुस २४

उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टले विशेष आर्थिक क्षेत्रमा देखिएका समस्या समधान गर्न मन्त्रालय समितिनै बनाएर अनुगमन गर्ने बताएका छन् । सेजका पूर्वधारहरु अझै पूर्ण हुन नसकेको, उद्योगीहरूले आवश्यतक सुविधा नपाएको र कतिपय उद्योगीले सेजमा उद्योग सञ्चालन गर्ने भनेर राखेको प्रस्ताव आवश्यगक सुविधा नपाएको भन्दै बाहिरिएको अवस्थामा मन्त्री भट्टले आफू सहितको टिम गएर अनुगमन गर्ने र समधानमा लाग्ने प्रतिवद्धता जनाएका हुन् ।

’हामीसँग दक्ष जनशक्तिको अभाव रहेको छ, प्राविधिक जनशक्तिको पनि अभाब भएको छ। सेजमा पनि केही समस्या छन् भन्ने विषयमा म, राज्यमन्त्री, सचिव लगायतको टिम नै बनाएर सेज अनुगमन गर्ने छौँ, व्यवहारिक समस्या ’अन द स्पोर्ट’ समधान गरिने छ, नीतिगत सुधारको काम पनि भइरहेको छ’ नेपाल आर्थिक पत्रकार समाज सेजन र समुन्नति फाउण्डेसनले भैरहवा सेजको अवस्थाबारे गरेको अन्तरक्रियामा मन्त्री भट्टले भने। मन्त्री भट्टले निर्यात वृद्धि गर्नको लागि ल्याइएको सेजनमा उद्योगी आकर्षिक नभएको विषयमा समस्या केलाएर समधान गर्ने बताए । ’भैरहवा मात्रै हैन सिमरामा पनि उद्योगी आकर्षिक नभएको देखियो, के समस्या हो हामी समधान गछौै मन्त्री भट्टले भने ।

उनले सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान अन्तर्गत अघि बढेपनि नयाँ परिवेशअनुसार सत्ताको अनुभव गराउन केही समस्या रहेको बताए। राजनीति वा कमर्चारी तन्त्रलाई दोष दिएर अव नुपुग्ने् भन्दै अब यस्ता समस्या केलाए जाने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सेजमा देखिएमा समस्या समधान गर्न मन्त्रालय केन्द्रित हुने बताए । उनले आर्थिक क्षेत्रको विकासको लागि सेजका जस्तै गरी अन्य क्षेत्रको पनि समस्या पहिचान गरेर अघि बढ्न पर्ने बताए। स्थिर र बलियो सरकार आउदा पनि निजी क्षेत्र र आम जनाताले अपेक्षाकृत सुधार पाउन नसकेको अवस्थामा सरकारले यस्ता विषयलाई प्राथमिकता दिनु पर्ने राज्यमन्त्री दुगडको भनाइ छ ।

उनले भैरहवा सेजमा २० रुपैयाको भाडा नगन्य भएपनि अन्य समस्या समधान गर्न केन्द्रित हुने बताए। सरकारले यस क्षेत्रमा उद्योग स्थपनाको लागि बैंकको व्याजदर कम गर्न, समयमै पूर्वधार विकास तथा मर्मतसम्भार गर्न सकिने बताए । उनले विशेष आर्थिक क्षेत्रमा उद्योग जानको लागि आकर्षित गरेर उद्योगलाई प्रोत्साहित गर्ने बताए । विशेष कमिटी बनाएर नै यस क्षेत्रका मस्या समधान गने र अन्य सेजहरूमा ठाउ पाउनको लागि उद्योगी लाइनमा पर्ने अवस्था सिर्जना गर्नु पर्ने मन्त्री दुगको भनाई छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाधयक्ष अर्थ्विद् डा. शंकर शर्माले आवेदन दिएकामध्ये पाँच उद्योगीले फिर्ता भएको विषयमा सरकारले कारण खोज्नु पर्ने बताए । अहिले पनि २२ वटा प्लट खाली रहेको विषय र १० वर्षअघि बनेका पूर्वधार विग्रेको र जंगल जस्तो देखिएका विषयलाई पनि सरकारले ्यान दिनु पर्ने बताए ।

अर्थ्विद् शर्मालेविशेष आर्थिक क्षेत्र सञ्चाोलन सम्बवन्धि ऐन संशोधन भएपनि नियमावली नबनेसम्म अर्थ नरहेको भन्दै आगामी छ महिनाभित्र नियमावली ल्याउन आग्रह गरे। विनियमावली नबनेको कारण कर्मचारी भर्ना नगरिएकोले विनियमावली बनाउन, बत्तीको समस्या समधान गर्न, सब स्टेशन बनाउन टेण्डर लगाउन लगायतका काम गर्नको लागि आग्र गरे । त्यस्तै सेजमा कार्यकारी निर्देशक नियुक्तिको काम पनि छिट्टै गर्नको लागि उनले आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजले गरेको अध्ययन अनुसार २००१ देखि भैरहवा सेजको प्रक्रिया सुरु भएकोमा अहिलेसम्म तीन वटा उद्योग सञ्चालन भएका छन्। १३ वटाले उद्योग सञ्चाःनको प्रतिवद्धता गरेको र पाँच वटा फिर्ता भएका छन्। फिर्ता भएका उद्योगहरूले सेज जुन अवधारणाबाट आउनु पर्ने भनिएको थियो त्यसअनुसार नआएको सेजका नाममा सरकारले जग्गा भाडामा लागउने काम गरेको , एकद्धार नीति कार्यान्वयन नभएको जस्ता कारणले फर्कनु परेको बताएका छन्। आर्थिक वर्ष २०१५ र १६ देखि हालसम्ममा १५ करोड रुपैयाँ बराबरको सरकारले बजेट खर्च गरेको देखिएको छ । भने ६ वटा कम्पनीले अहिलेसम्म करिब ५० करोड रुपैयाँ बराबरको लगानी गरेको देखिएको छ।

सेजमा उद्योग स्थपना गरिरहेका उद्योहरूले उत्पादनको ६० प्रतिशत निर्यात गर्न समस्या पर्न सक्ने बताएका छन् । उनीहरुले स्थानीय कार्यलयमा कर्मचारी नभएको पनि गुनासो गरेका छन्। स्थानीय निकायले वातवरण प्रभाव मूल्यांकन इआइए गर्न भनेर दबवार दिएको बताएका छन्। मागको आधारमा विद्युत आपूर्ति नभएको पनि गुनासो उनीहरूको रहेको छ ।

सेज प्राधिकरणका उपसचिव सुन्दर थापाले मागको आधारमा विजुलीको समस्या नभएको दाबी गरेका छन्। उनले मर्मत सम्भारमा भने अपेक्षित काम गर्न नसेको स्वीकार गरे । ५८ जना कर्मचारीको दरवन्दीमा नौ जना कर्मचारीको भरमा सञ्चालन गर्नु परेको उनको गुनासो रहेको छ । उनले अहिले भैरहवा सेजमा स्थपना भएका उद्योगले निर्यात सुरु गरिसकेको पनि जानकारी गरा थापाका अनुसार अहिलेसम्म भैरहवा सेजमा स्थपना भइसकेका तीन उद्योगको तुफबाट डेढ करोड रुपैयाँ भन्दा बढीको निर्यात भइरहेको छ ।

भैरहवा सेजमा उद्योग संचालन गरेका पञ्चकन्या उद्योगका प्रतिनिधी खडानन्द् चौधरीले मुख्य रुपमा बत्तीको नै समस्या परेको बताए। उनले कम कर्मचारीकी भएको कारण काममा सहजिकरणमा पनि समस्या रहेको बताए ।

उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले सेजको मूलमर्म नै निर्यातलाई प्रोत्साहित गर्ने भएको भन्दै निर्यात नै कम गर्ने तर्फ केन्द्रित नहुन आग्रह गरे । उद्योगीको माग बोमोजिम ७५ प्रतिशत निर्यात गर्नु पर्ने व्यवस्थलाई ६० प्रतिशतमा झारेको बताए । उनले सेजमा विशेष सुविधा पनि दिएको भन्दै अन्य औद्योगीक क्षेत्रको अर्को नाम जस्तो सेज गराउन नहुने बताए ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले सेजमा आगामी एक महिना भित्र १५ मेगावट विद्युत दिन र यथास्थितीमा ५ मेगावट विद्युत दिन समस्या नरहेको बताए । उनले सेजक्षेत्रमा सवस्टेशन निर्माण भएसँगै त्यसको समस्या कम हुन उनको भनाई छ । विद्युत प्रशारण लाइन निर्माणको क्रममा वन र सडक विभागबाट अवरोध सिर्जना हुदा समयमा काम हुन नसेकको उनको भनाइ छ ।