• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

Jan 9th, 2020

काठमाडौं, २४ पुस

उदयपुर, मकवानपुर र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

उदयपुर,ताप्ली गाउँपालिका २ धपेनीस्थित सडकमा मे.१ ज २६६२ नम्बरको बोलेरो गाडी अनियन्त्रित भईसडकबाट करिब ५० मिटर तल खसेर बुधबार साँझदुर्घटना हुँदा २ जनाको घटनास्थलमैमृत्यु भएको छ । मृत्यु हुनेहरुमा गाडी धनी झापा बिर्तामोड बस्ने३३ वर्षीय महेन्द्र राई र गाडीमा सवार ताप्ली गाउँपालिका २लेकगाउँ बस्ने २६ वर्षीय मिलन राईको मृत्यु भएकोहो । दुर्घटनामा घाइते भएकाचालक उदयपुर ताप्ली गाउँपालिका १ ओख्ले २१ वर्षीयकोमल राज मगर सहित ४ जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी उदयपुरत्रियुगा नगरपालिका १० स्थित सडकमा स.१ ह ३८११नम्बरको अटोरिक्शा अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा रिक्शामा सवारसोही नगरपालिका ७ बस्ने २० वर्षीया सिमा दनुवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सिमाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य ३ जना मध्य १ जनालाई थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ । अटोरिक्शा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर,बाग्मती गाउँपालिका ४ बुद्धचोकस्थित सडकमा बुधबार साँझ ना.६१ प ७९१८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही स्थान बस्नेदिल बहादुर थिङको ३ वर्षीया छोरी अस्मृता थिङको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटी,जोरायल गाउँपालिका १ घोरडीस्थित सडकमा ना.३ ख ६५८८ नम्बरको ट्रक आँफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बाँके कोहलपुर ३७ वर्षीय अमर गिरीको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटना भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार एवं घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।