ल्यापटप तथा नगद लुटपाट

Jan 9th, 2020

भक्तपुर, २४ पुस

भक्तपुर नगरपालिका ८ महेश्वरी खेल मैदानबाट सोही ठाउँ आदर्शनगर बस्ने २६ वर्षीय विमल कर्माचार्यको ल्यापटप १ थान र नगद ३ हजार रुपैयाँ बुधबार साँझ लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित ३ जनाको समूहले कर्माचार्यलाई कुटपिट गरेरलुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले लुटेरारुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।