रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

Jan 9th, 2020

काठमाडौँ, २४ पुस

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। बुधबार राति साउदी अरेबियामा भएको पहिलो सेमिफाइनल खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

रियल मड्रिडका लागि टोनी क्रुस , इस्को र लुका मोड्रिचले गोल गरे । भ्यालेन्सियाका लागि डानिएल पारेजोले एक गोल फर्काए ।  खेलको १५औं मिनेटमा टोनी क्रुसले कर्नरबाट सिधै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे ।  दोस्रो हाफमा लुका मोड्रिचले अर्को गोल थप्दै रियलको अग्रता फराकिलो बनाए ।

यसैगरी भ्यालेन्सियाले खेलको अतिरिक्त समयको दोश्रो मिनेटमा एक गोल फर्कायो। भ्यालेन्सियाका लागि पारेजोले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेका थिए। ।

अर्को सेमिफाइनलमा बिहीबार बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने छ ।  रियलले अब बिहीबार बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको विजेतासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ।