• गृहपृष्ठ
  • समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

Jan 9th, 2020

मुगु, २४ पुस (रासस)

समयमै स्वास्थ्य संस्था र एक्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा यहाँ एक महिलाको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको आज बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको हो । थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उहाँको अकालमै ज्यान गएको श्रीमान् रामबहादुर विकले बताउनुभयो ।

‘‘घरमै सुत्केरी भए पनि सालनाल नभएको र अत्यधिक रक्तश्राव भएपछि छिटो जिल्ला अस्पतालमा पु¥याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, मोबाइलका टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो’’, रामबहादुरले भन्नुभयो । आमाको बाटैमा मृत्यु भएपछि नवजात बच्चाको विचल्ली भएको छ ।

लगातारको हिमपातले गत बिहीबारबाट मुगु र हुम्ला जिल्ला सञ्चारविहीन भएको छन् । सञ्चार अभावकै कारण समयमै अस्पताल पु¥याउन नसक्दा महिलाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । मृतक विकको गाउँबाट जिल्ला अस्पताल तीन घण्टाको पैदल दूरीमा टाढा रहेको छ । विकले यसपटक पाचाँै सन्तान जन्माउनुभएको थियो ।