• गृहपृष्ठ
  • मेटलाइफको नयाँ एजेन्सी कार्यालय काठमाडौँको रवि भवनमा

मेटलाइफको नयाँ एजेन्सी कार्यालय काठमाडौँको रवि भवनमा

Jan 8th, 2020

काठमाडौँ, पौष २३

मेटलाइफले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उत्घाटन गरेका हुन । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौँ भित्र मात्रै १० वटा कार्यालयले पुग्ने भएको छ

यसरी भएको विस्तारले काठमाडौँको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ । यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।