• गृहपृष्ठ
  • सन नेपालद्वारा गुलरिया र भूरीगाउमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

सन नेपालद्वारा गुलरिया र भूरीगाउमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

Jan 8th, 2020

काठमाडौ, पुुस २३

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही पुुस २२ गते गुलरिया र भूरीगाउमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए । साथै सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह गरियो ।