• गृहपृष्ठ
  • नेप्से सात अंकले घट्यो, कारोवार रकम ७३ करोडमा सिमित

नेप्से सात अंकले घट्यो, कारोवार रकम ७३ करोडमा सिमित

Jan 8th, 2020

काठमाडौ, पुुस २३

अघिल्लो दिन १६ अंकले बढेर एक अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोवार भएको नेप्सेमा आज बुधबार भने सुचक तथा कारोवार रकम दुुबै नै घटेकाछन । नेप्से आज सात दसमलव ३२ अंकले घटेर १२ सय नौ दसमलव ६० अंकमा झर्दा सेन्सिटिभ एक दसमलव पाँच अंकले घटेर दुुई सय ६३ दसमलव ३१ अंकमा झरेको छ । एक सय ७२ वटा कम्पनीहरुको १० हजार ६० वटा कारोवारमा २१ लाख ८८ हजार चार सय ९१ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ७३ करोड २१ लाख ६९ हजार दुुई सय ६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा सात वटा समुहले गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव २१ अंकले घटेर एक हजार ८५ दसमलव ४३ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक आठ दसमलव ६३ अंकले घटेर १६ सय ४० दसमलव ४३ अंकमा पुगेको छ । जलबिद्युुत, निर्जिवन बीमा, टे«डिङ, होटल, र जीवन बीमा सुचक पनि बढेकाछन । फाईनान्स, लघुुबित्त, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा समता माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लुुम्बिनी बिकास बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने वोमी माईक्रो फाईनान्स बित्तीय संस्था पहिलो स्थानमा परेको छ ।