लागूऔषध सहित पक्राउ

Jan 8th, 2020

बर्दिया, २३ पुस

गुलरिया नगरपालिका ८ स्थित पशुहाटबजार नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ८ सय मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका ८ गंगानगर टोल बस्ने २८ वर्षीय सनी महर्जन र २७ वर्षीय सुरेन्द्र कुमार चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे.२ प ४०६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।