• गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंकद्धारा फिदिममा ३० विद्यार्थीलाई अभिमुखीकरण सम्वन्धी प्रशिक्षण

नेपाल बंगलादेश बैंकद्धारा फिदिममा ३० विद्यार्थीलाई अभिमुखीकरण सम्वन्धी प्रशिक्षण

Jan 8th, 2020

काठमाडौ, पुुस २३

फिदिम ४ पाँचथर स्थित गढी माध्यमिक विद्यालयमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष ४ गते मैत्री समाज नेपालको सहायताले सो विद्यालयका ३० दृष्टिविहिन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको १ हप्ताको प्रशिक्षण सम्पन्न गरेको छ । सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए । उक्त प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्ग निदेशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ¥याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चा वितरण गरिएको थियो ।

प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राजकुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।