• गृहपृष्ठ
  • १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Jan 7th, 2020

उदयपुर, पुस २२

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा धनगढीमाई नगरपालिका १२ बस्ने २० वर्षीय श्रवण खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धना गरिरहेको जानकारी दिएको छ ।