• गृहपृष्ठ
  • नबिल बैंकको ३५औं बार्षिक साधारण सभा सम्पन्न

नबिल बैंकको ३५औं बार्षिक साधारण सभा सम्पन्न

Jan 7th, 2020

काठमाडौ, पुुस २२

नबिल बैंकको ३५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौडेलको अध्यक्षतामा बसेको ३५ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आर्थिक वर्È २०७५/७६ को मुनाफाबाट नगद लाभांश २२ प्रतिसत र बोनस शेयर १२ प्रतिसत दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आ.व. २०७५/७६ मा निजी क्षेत्रका बैंकहरु मध्ये उच्चतम मुनाफा रु.४ अर्ब २४ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १७.७६ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब १ अर्ब पु¥याएको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश छ दसमलव ६१ र छ दसमलव ४५ प्रतिसतले बृद्धि भएको छ । बैंकको संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौडेलको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रु. २३ अर्ब १९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पू“जी यस बर्ष रु. १० अर्ब ९ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौडेलले भन्नुभयो “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”

साधारण सभाकै अवसरमा मिती २०७६/५/१४ मा केही बिदेशी नागरिकहरुद्वा विभिन्न
बैंकहरुको एटीएमबाट अनधिकत रुपमा रकम निकालिएको घटनालाई उजागर गरी संलग्न ब्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन सक्रिय भूमिका निर्वाह गरेबापत शेयरधनी समेतको सक्रियतामा बैंकका कर्मचारी, सुरक्षा गार्डहरु तथा महानगरिय प्रहरी बृत्त दरबारमार्ग काठमाडौंलाई सम्मान गरिएको थियो ।