• गृहपृष्ठ
  • आङ देण्डी शेर्पा घरेलु लघुवित्तको अध्यक्ष पदमा चयन

आङ देण्डी शेर्पा घरेलु लघुवित्तको अध्यक्ष पदमा चयन

Jan 7th, 2020

काठमाडौ, पुुस २२

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ औ सञ्चालक समितिको बैठकबाट सर्वसम्वत अध्यक्षपदमा आङ देण्डी शेर्पा चयन भएकाछन । नवनियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष शपथ ग्रहण गर्नु भयो ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्थानियमन विभागका का.मु. निर्देशक विरेन्द्र दत्त अवस्थी, उपनिर्देशक पञ्चलक्ष्मी मानन्धर, सहायक निर्देशक महेश कुमार जोशि साथ संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।
संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत १० महिनादेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ मंसिर मसान्तसम्ममा लगभग ४ हजार ६ सय घरपरिवारहरुमा सेवा विस्तार गर्दै २१ करोड भन्दा बढी लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले जानकारी दिए ।