• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंक र होटल डेल अन्नपुर्णबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र होटल डेल अन्नपुर्णबीच सम्झौता

Jan 7th, 2020

काठमाडौ, पुस २२

सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौंस्थित होटल डेल अन्नपुर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको हो ।

सम्झौताअनुसार बैंैकका ग्राहकहरुले होटल डेल अन्नपुर्णका साथै सो होटल अन्र्तगत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५ प्रतिसत सम्मको छुट पाउनेछन् ।

उक्तसम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेकाछन ।