• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटलबिच सम्झौता

मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटलबिच सम्झौता

Jan 7th, 2020

काठमाडौं, पुुस २२

मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडविच एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेकाछन ।

सम्झौतापश्चात देशभरी रहेको ग्राहकहरुलाई समेट्ने गरी सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि सम्बन्धी कार्य गर्न सक्नेछन ।