• गृहपृष्ठ
  • नेप्से १६ अंकले बढ्दा एक अर्ब १० करोड रुपैयाँको सेयर किनबेच

नेप्से १६ अंकले बढ्दा एक अर्ब १० करोड रुपैयाँको सेयर किनबेच

Jan 7th, 2020

काठमाडौ, पुुस २२

नेप्से आज मंगलबार १६ दसमलव २३ अंकले बढेर १२ सय १६ दसमलव ९२ अंकमा चढेको छ । सेन्सिटिभ पनि चार दसमलव १३ अंकले बढेर दुुई सय ६४ दसमलव ८१ अंकमा चढेको छ । एक सय ७९ कम्पनीहरुको १२ हजार चार सय ५७ वटा कारोवारमा ३८ लाख ८० हजार नौ सय ५० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब १० करोड २७ लाख ३६ हजार सात सय ४८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुदा दुुई वटा समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव तीन अंकले बढेर एक हजार ९७ दसमलव ६४ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक २६ दसमलव १८ अंकले बढेर १६ सय ४९ दसमलव २८ अंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । होटल र उत्पादमुुलक समुहको सुचक भने घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा सिभिल लघुुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बोर्टलस नेपाल तराई लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार भएको आधारमा भने आज माछापुुच्छे« बैंक पहिलो स्थानमा परेको छ ।