नक्कली नोट सहित दुई जना पक्राउ

Jan 7th, 2020

झापा, पुस २२

बिर्तामोड नगरपालिका ५ मित्रनगरबाट नेपाली एक हजार दरको दुुई थान नक्कली नोट सहित दुुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका ४ बस्ने २५ वर्षीय किरण खवास रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।