• गृहपृष्ठ
  • एनआईबिएल सहभागिता फण्डको बितरण केन्द्र मुक्तिनाथ र गुडविल

एनआईबिएल सहभागिता फण्डको बितरण केन्द्र मुक्तिनाथ र गुडविल

Jan 7th, 2020

काठमाडौ, पुुस २२

नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित नेपालकै पहिलो खुलामुखी योजना“एनआईबिएल सहभागिता फण्ड”काइकाईहरुको खरिद बिक्रीलाई सहजिकरण गर्नका लागि गुडविल फाईनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडलाई वितरण केन्द्र नियुक्त गरिएको छ ।

उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर र मुक्तिनाथ बिकास बैंक लिमिटेडका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरेकाछन ।

गुडविल फाइनान्स लि. तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट यहि माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् । यसअघि सो योजनाका इकाईहरुको कारोवार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट असोज २७ गतेबाट हुुंदै आईरहेको छ ।