ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

Jan 7th, 2020

रामेछाप, २२ पुस

रामेछाप नगरपालिका ७ बिर्तास्थित सडकमा ना.३ त ७००५ नम्बरको ट्याक्टर पल्टिँएर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँस्थित बिर्ता बस्ने १९ वर्षीय सनम हायुको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।