• गृहपृष्ठ
  • चिनियाँ वृद्धलाई स्वास्थ्य सेवा थप सुलभ बनाउनुपर्ने : अध्ययन

चिनियाँ वृद्धलाई स्वास्थ्य सेवा थप सुलभ बनाउनुपर्ने : अध्ययन

Jan 7th, 2020

बेइजिङ, २२ पुस (रासस/सिन्ह्वा)

चीनमा ६० प्रतिशतभन्दा बढी वृद्धका लागि उनीहरूको घरबाट औसतमा दुई किलोमिटरको दूरीमा स्वास्थ्य सेवा उपलब्ध भएको चिनियाँ बृद्ध नागरिकबारे अनुसन्धान गरिरहेको एक स्वदेशी संस्थाले हालै सार्वजनिक एक प्रतिवेदनमा बताइएको छ । यसलाई थप सुलभ बनाउनु पर्ने वृद्धहरूले बताएका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

राज्यद्वारा उपलब्ध सेवालाई आफ्नो अनुकुल पर्ने नजिकको स्वास्थ्य केन्द्रमा जाने गरेका उनीहरूमध्ये करिब ४० प्रतिशत वृद्ध चिनियाँले स्वास्थ्य सेवालाई आफ्नै घर वा निवासमा उपलब्ध गराउन इच्छा व्यक्त गरे ।

अध्ययन प्रतिवेदनका अनुसार चिनियाँ वृद्धहरूले आफूहरूलाई लागेका दीर्घ रोगका बारेमा नर्सिङ सेवा, मनोवैज्ञानिक परामर्श, स्वास्थ्य शिक्षा सेवाहरू र अन्य हेरचाहका लागि राज्यले आफूहरूलाई घरमा नै पुगेर सेवा प्रदान गरोस भन्ने चाहन्छन् ।

सरकारले वृद्धहरूका परिवारमा आधारित वृद्ध सेवा र स्वास्थ्य स्वयम्सेवकको सेवालाई सुधारका गर्नुपर्नेमा जोड दिएका अध्ययनका क्रममा आफूले पाएको केन्द्रका उप निर्देशक दाङ जुनुले बताउनुभयो ।