• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

Jan 6th, 2020

काठमाडौ, पुस २१

मुक्तिनाथ विकास बंैकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनीमाया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. थापा मगरको श्रीमान श्रीभूपाल थापा मगरलाई बैँकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना,साना तथा लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर वहादुर थापाले संयुक्तरुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम ५४ हजार दुई सय ७८ रुपैयाँ र काजकिरिया खर्च बापत पाँच हजार रुपैयाँ समेत गरी कुुल ५९ हजार दुुई सय ७८ रुपैयाँ बितरण गरेको हो । यसैगरी बैंकले तिर्न बाँकी रहेको कर्जा रकम दुुई लाख ११ हजार चार सय ४० रुपैयाँ समेत मिनाह गरेको छ ।