• गृहपृष्ठ
  • सन नेपाल लाइफद्वारा फत्तेपुरमा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

सन नेपाल लाइफद्वारा फत्तेपुरमा बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

Jan 6th, 2020

काठमाडौ, पुुस २१

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा यही पुुस २० गते बाँकेको फत्तेपुरमा एक कार्यक्रमकाबिच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मिति २०७६ असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र किरिया खर्च रकम वापत एक कार्यक्रमकाविच कम्पनीका महाप्रबन्धक कमलराजगौतमले मृतककी श्रीमती सीता थारुलाई ३१ हजार रुपैयाँको चेक उपलब्ध गराएका हुुन ।

साथै कम्पनीद्वारा नेपालगंजमा बिमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश परेका थिए ।