धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना

Jan 6th, 2020

काठमाडौ, पुस २१

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुुक्त भएकाछन । मन्त्रीपरिषदको पछिल्लो पटक बसेको बैठकले ढुंगानालाई अध्यक्ष पदमा नियुुक्त गरेको हो ।

अध्यक्ष पदमा नियुुक्त हुुनुुअघि ढुंगाना बोर्डकै बिज्ञ सदस्यकोरुपमा रहेका थिए । नेपाल राष्ट बैंकका छंदा ढुंगानाले बिदेशी बिनिमय बिभाग लगायतका महत्वुर्ण बिभागहरुको जिम्मेवारी सम्हालेका थिए । अध्यक्ष पदको लागि गठन गरिएको छनौट समितीले अध्यक्ष पदको लागि ढुंगाना सहित, निरज गिरी र डा. केशव श्रेष्ठको नाम सिफारिस गरेर पठाएको थियो । उक्त नामवली मध्येबाट मन्त्रिपरिषले ढुंगानालाई आगामी चार बर्षको लागि बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।