• गृहपृष्ठ
  • अष्ट्रेलियामा पुनस्र्थापना निकाय गठनमा

अष्ट्रेलियामा पुनस्र्थापना निकाय गठनमा

Jan 6th, 2020

क्यानर्बेरा,२१ पुस (रासस/सिन्ह्वा)

अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनस्र्थापना निकाय गठन गरिएको छ ।

प्रधानमन्त्री स्कट मोरिसन, उपप्रधानमन्त्री मिचेल एमसीकोर्माक र कोषाध्यक्ष जोश फ्रीडेन्बर्गले सोमबार यसको घोषणा गर्नुभएको हो ।

यस निकायको कोषमा प्रारम्भिक चरणमा झण्डै दुई अरब अष्ट्रेलियन डलर जम्मा गरिने पनि उहाँहरुले प्रतिबद्धता जनाउनु भएको छ ।

“अष्ट्रेलियामा अहिले भइरहेको आगलागीको क्षतिपूर्ति र संकट व्यवस्थापनका लागि जे गर्नुपर्ने हो, त्यो सवै काम यस्ले गर्दछ,” उहाँहरुले भन्नुभयो ।

अष्ट्रेलियामा गत सेप्टेम्बरदेखि भएको आगलागीका घटनामा परी २४ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।
यस निकायले आगामी दिनमा हुने क्षति न्युनिकरणका लागि पनि आधार तयार पार्ने उनीहरुको भनाई छ ।

अहिले कोषमा राखिएको रकमले आगलागीबाट प्रभावित परिवार, किसान, व्यवसायीलगायतलाई राहत पनि उपलब्ध गराउने प्रधानमन्त्री कोरिसनले बताउनु भयो ।

अकल्पनीय आगलागीबाट पिडित सवैलाई सहयोग होस् भन्ने उद्धेश्यले राहत प्रदान गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

“जो आगलागीबाट पिडित भएका छन्, जसको काम नै रोकिएको छ, जस्लाई पुनस्र्थापना गर्नुछ उनीहरुका लागि हामीले यस मार्फत् धेरै पछाडीसम्म काम गर्नुपर्दछ,” प्रधानमन्त्री मोरिसनले सञ्चारकर्मीसँग भन्नुभयो ।

नव गठित यस निकायको नेतृत्व अष्ट्रेलियाको संघीय प्रहरीका पूर्व आयुक्त अन्ड्रेव कोल्भीनले गर्नुहुने भएको छ ।