नेप्सेमा उच्च अंकले सुधार

Jan 6th, 2020

काठमाडौ, पुुस २१

नेप्सेमा आज सोमबार उच्च अंकले सुधार आएको छ । नेप्से आज १८ दसमलव २६ अंकले बढेर १२ सय दसमलव ६९ अंकमा पुुग्दा सेन्सिटिभ चार दसमलव ९३ अंकले बढेर दुुई सय ६० दसमलव ६७ अंकमा पुुगेको छ । एक सय ७८ वटा कम्पनीहरुको १० हजार सात सय २६ वटा कारोवारमा २६ लाख ८३ हजार छ सय १० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ८४ करोड २५ लाख ८२ हजार एक सय ५० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बंैक समुहको सुचक २५ दसमलव ८६ अंकले बढेर एक हजार ७८ दसमलव ६२ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक १३ दसमलव १७ अंकले बढेर १६ सय २३ दसमलव १० अंकमा पुुगेको छ । जलबिद्युुत, निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा वोमी माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेको इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।