• गृहपृष्ठ
  • सुनको मूल्य बढ्ने क्रम जारी, आज पनि नयाँ रेकर्ड

सुनको मूल्य बढ्ने क्रम जारी, आज पनि नयाँ रेकर्ड

Jan 6th, 2020

काठमाडौं, २१ पुष

केही दिनदेखि निरन्तर उकालो लाग्दै आएको छापावाला सुनको मूल्य आज ७६ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन ७५ हजार ५ सय रुपैयाँ थियो । आज पाँच सयले बृद्धि भएर छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजाबी सुन पनि ५ सयले वृद्धि भएको छ । आज तेजावि सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय निर्धारण भएको छ ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि २० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला ९ सय २० पुगेको महासंघले जनाएको छ ।