• गृहपृष्ठ
  • ट्याक्टर दुर्घटना हुँदा च्यापिएर मृत्यु

ट्याक्टर दुर्घटना हुँदा च्यापिएर मृत्यु

Jan 6th, 2020

मकवानपुर, पुस २१

मनहरी गाउँपालिका ३ कालिकाटारस्थित सडकमा ना.५ त ४१६६ नम्बरको ट्याक्टर आइतबार राति अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा च्यापिएर मनहरी गाउँपालिका २ बस्ने २५ वर्षीय सबिन मोक्तानको मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।