• गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

Jan 6th, 2020

भक्तपुर, पुस २१

मध्यपुर ठिमी नगरपालिका ९ निलबाराही बस्ने सुरेश श्रेष्ठको निलबाराही रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ३७ वर्षीय उमेश तको लगायत १४ जनालाई छ लाख ८४ हजार एक सय २० नेपाली रुपैयाँ, सात हजार छ सय ६० भारतीय रुपैयाँ र चार बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।