अवैध लागूऔषध चरेश सहित पक्राउ

Jan 6th, 2020

रुपन्देही, पुस २१

तिलोत्तमा नगरपालिका ३ जानकीनगरबाट अवैध लागूऔषध चरेश करिब १५ केजी सहित दुुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मी रेसुङगा नगरपालिका ८ बस्ने २७ वर्षीय संजय राउत र सोही ठाउँ बस्ने ३२ वर्षीय पदम थापा रहेका छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।