• गृहपृष्ठ
  • गोरखाबाट हिँडेको ‘एकीकरण टर्च’ ¥याली नुवाकोटमा

गोरखाबाट हिँडेको ‘एकीकरण टर्च’ ¥याली नुवाकोटमा

Jan 6th, 2020

–रामहरि न्यौपाने
बेत्रावती, २१ पुस (रासस)

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा पदयात्रा शुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च’ ¥याली आइतबार नुवाकोटको विदुर नगरपालिका –१० शुभघाट आइपुगेको छ ।

शुक्रबार गोरखाबाट हिँडेको ¥याली काठमाडौँसम्म नै पैदल जाने क्रममा धादिङबाट भ¥याङभुरुङ हुँदै नुवाकोटको शुभघाट आइपुगेको हो । शुभघाटमा आइपुगेको टोलीलाई नेपाली सेनाको ६ नं बाहिनीपति सहायकरथी लवकुमार रायमाझीसहित विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डित, वडा नं १० का वडाध्यक्ष गणेशकुमार नेपाललगायत स्थानीयवासीले भव्य रुपमा स्वागत गरेका छन् ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार गोरखाबाट निकालिएको ‘एकीकरण टर्च’ धादिङको देवीदत्त गणका गणपति सुदीप बानियाँले नुवाकोटको जबरजंग गणका गणपति उदयबहादुर लामिछानेलाई आज मध्याह्न भ¥याङ–भुरुङमा हस्तान्तरण गर्नुभयो ।

नुवाकोटको जबरजंग गणको नेपाली सैनिकले ग्रहण गरेको ‘एकीकरण टर्च’ नुवाकोटको सामरी स्थित पृथ्वीनारायण शाहले बास बस्ने तथा उहाँको सैनिक फौज बसेको पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै सामरीभञ्याङ, कागुने, डेउडी, राइसिंह, बाघटार, कोलनी, खिन्चेत हुँदै बाजागाजा तथा नाचगान शुभघाट आइपुगेको हो ।

नुवाकोट आइपुगेको टोलीको स्वागतको लागि सामरीभञ्याङमा आयोजित कार्यक्रममा नेपाली सेनाको जबरजंग गणका गणपति उदयबहादुर लामिछानेले नुवाकोटको त्रिशूलीबाट धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य भएकाले गोरखाको राजाको रुपमा पृथ्वीनारायण शाहको बुबाले एक पटक नुवाकोटमाथि गरेको आक्रमण विफल भएपछि पृथ्वीनारायण शाहले दोस्रो पटकको प्रयासमा नुवाकोटबाट विजयी हासिल गरेर शुरु भएको नेपाल एकीकरण अभियानले विशाल नेपालको निर्माण भएको भन्दै गोरखाबाट काठमाडौँसम्मको एकीकरण यात्रा निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

कान्तिपुर राज्यको अधिनमा रहेको नुवाकोटमाथि विजयी भए पश्चात नुवाकोटका जनताको साथ लिएर नै उहाँले काठमाडौँ उपत्यकासहित राज्यमाथि विजयी हासिल गरेकाले उहाँको पदमार्गलाई संरक्षण, पर्यटक प्रवद्र्धन र हाम्रो पुर्खाले पुराएको योगदानको सम्मान स्वरुप युवा पिँढीमा राष्ट्रभाव उत्पन्न गराउनको लागि ‘एकीकरण टर्च’ ¥याली सञ्चालन गरेको जानकारी दिनुभयो ।

म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङले एकीकरण पदमार्गअन्तर्गत आफ्नो गाउँपालिकामा पर्ने पाटी–पौवा, ढुङ्गेधारा, सैनिकले तालिम खेलेको मैदानलगायत संरचनाको संरक्षणको लागि प्रथामिकता दिने बताउनुभयो । धादिङसँग सीमा जोडिएको गाउँपालिकसँंग सहकार्य गरेर एकीकरण पदमार्गको महत्वलाई प्रचारमा ल्याउन जोड दिइने उहाँको भनाइ छ ।

‘एकीकरण टर्च’ ¥यालीलाई स्वागत गर्न सामरीभञ्याङमा आयोजित कार्यक्रममा गोरखाको राजा मानसिंह खड्काको सन्ततिको रुपमा रहनुभएका रामेश्वर खड्काले आफूहरु शाहवंशबाट पीडित भएको र आफ्ना पुर्खाले जोडेको सम्पत्ति पृथ्वीनारायण शाहलगायत राजाबाट कब्जा गरिएका सम्पत्ति अहिले जीर्ण बनेकाले संरक्षणमा चासो ध्यानाकर्षण गराउनुभयो । पृथ्वीनारायण शाह उहाँको सैनिक फौज बसेको सामरीभञ्याङ पाटी, त्यही समयमा निर्माण गरेका ढुङ्गेधारा, सैनिकले परेड खेल्ने मैदानलगायत संरचना जीण भएकाले ¥यालीसगैँ पुनःनिर्माण अभियान शुरु गर्नुपर्ने खड्को आग्रह छ ।

पछिल्लो समयमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानको महत्वलाई कमजोर बनाउँदै आइरहेको समयम नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ ¥यालीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथी विजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ ।

गोरखाबाट धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्मको पदमार्ग ‘रुमाले’ २६ कोषको रहेको छ । ¥याली सञ्चालनले पदमार्ग, कोट, गण र किल्ला संवद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

गोरखाबाट हिडेको दुई दिनपछि नुवाकोटको शुभघाट आइपुगेको ‘एकीकरण टर्च’ ¥याली सोमबार गेर्खुबाट केउरिनी चौतारो हुँदै नुवाकोटस्थित पृथ्वीनारायण शाहले नै निर्माण गर्न लगाएको साततले दरबार पुग्ने कार्यक्रम रहेको छ । सोमबार दरबार परिसरमा विशेष कार्यक्रम पश्चातअघि बढ्ने ‘एकीकरण टर्च’ ¥याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुदैँ काठमाडौँस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरेर त्यस ¥यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ ।

¥यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले नै प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिएका छन् भने गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च’ ९दिपज्योति० ¥यालीमा पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झण्डा नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित पैदमार्गबाटै काठमाडौँ पु¥याउन लागिएको हो ।

टोलीलाई जबरजंग गण नुवाकोटले मङ्गलबार काठमाडौँस्थित समशेर दल गणलाई ‘एकीकरण टर्च’ हस्तान्तरण गर्ने कार्यक्रम छ । ¥यालीले आसन्न पृथ्वीजयन्ती प्रतिको सम्मान र नेपाल भ्रमण वर्षको लागि नेपाल एकीकरण पदमार्गमा पर्यटन भित्र्याउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।