• गृहपृष्ठ
  • बिईगं ह्युमनको सहकार्यमा मुटुरोगीलाई तीन लाख सहयोग

बिईगं ह्युमनको सहकार्यमा मुटुरोगीलाई तीन लाख सहयोग

Jan 6th, 2020

काठमाडौं, पुुस २१

दौडिनु स्वास्थ्यको लागि फाईदाजनक हो, यो कुरा सबैलाई थाहा नै छ । तर, एकजना दौडिदाँ अर्को व्यक्तिको स्वास्थ्यलाई पनि फाईदा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । हो, स्कटल्याण्डमा बस्दै आएका नेपाली घनश्याम भण्डारीले यस्तै अचम्मको काम गरेका छन् ।

मुटुरोगबाट ग्रसित धम्पुसका राज बिकको उपचार खर्चमा सहयोग जुटाउनका लागि घनश्यामले दौडिएरै तीन लाख रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छन् । बिकको मुटुमा रहेको ट्युमर निकाल्नका लागि सहयोग जुटाइएको थियो । आईतबार काठमाडौं दरबारमार्गस्थित बिईगं ह्युमन क्लोथिङमार्फत उनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रमा बोल्दै बिईगं ह्युमन क्लोथिङ नेपालको आधिकारिक बिक्रेता वस्त्र ईन्क प्रा.ली. प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले सहयोगका लागि घनश्यामलाई धन्यवाद दिदैँ भने, ‘बिदेशमा बसेर पनि नेपाल र नेपालीलाई माया गर्नुभएकोमा हामी आभारी छौ। यस्तो पुण्य काममा सहभागी हुनु हाम्रो लागि पनि गर्वको कुरा हो ।

‘बिईगं ह्युमनलाई बिश्वास गरेर उहाँले हामीमार्फत सहयोग हस्तान्तरण गर्नुभयो,’ शिक्षा र स्वास्थ्यको क्षेत्रमा च्यारिटि गर्दै आएको बिईगं ह्युमन फाउण्डेसनद्वारा सञ्चालित बिईगं ह्युमन क्लोथिङ नेपालका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘उहाँको यो काम सबैको लागि अनुकरणीय छ । ‘धम्पुस गाबिसको सिफारीस र स्थानियको अनुरोध सामाजिक सञ्जालमा देखे,’ घनश्यामले भने, ‘उपचारको लागि ३ लाख जुटाउँछु भन्ने सोचेर सहयोग संकलन शुरु गरेको थिए । उनले थपे, ‘पश्चिमी समाजमा हाईकीङ्, रनिङ्को माध्यमबाट पनि च्यारिटी गर्ने चलन छ ।

घनश्यामका अनुसार यस्तो प्रचलन सन् १९६९ मा सामाजिक क्रान्तिको रुपमा अमेरीकाको नर्थ डाकोताबाट शुरु भएको हो । घनश्याम आफैँ बेलायत एथलेट एसोसिएसनबाट लाईसन्सप्राप्त ‘रेगुलर हाइकररनिंग लिडर’ हुन् । ‘पैसाको अभावमा जिवन नै खतरामा रहेको सन्देश पाए,’ घनश्यामले भने, ‘धम्पुस परिवार यूके र आफ्ना साथीहरुको सहयोगमा रकम संकलनका लागि दौडिन शुरु गरे ।