• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको माछासहित एक जना पक्राउ

एपीएफ टोलीद्वारा चोरीपैठारीको माछासहित एक जना पक्राउ

Jan 6th, 2020

बारा, पुस २१

बारा जिल्लाको सिमरनगढ नगरपालिका ९ स्थित बसवरिया ईलाकाबाट एपीएफ टोलीले पौष १९ गते करीव एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको माछासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको बीरगंज महानगरपालिका ६ बस्ने करीव २४ वर्षिय अप्ताब आलम छन् ।

ना ४ च २३४० नम्बरको गाडीमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको पाँच सय ५० के.जी. माछासहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेक्वा बारा र बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।