एपीएफ टोलीद्वारा कटुवा पेस्तोल बरामद

Jan 6th, 2020

सप्तरी, पुुस २१

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित गोविन्दपुरबाट पौष १९ गते एपीएफ टोलीले एउटा कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोली बरामद गरेको छ ।

सोही ठाउँमा रहेको बाँसको झ्याङ्मा प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल तथा गोली सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला एपीएफ टोलीले उक्त पेस्तोलसँगै रहेको १५ बोतल डाईलेक्स डिसी नामक लागूऔषध समेत बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद पेस्तोल तथा सोको गोली र उक्त लागूऔषध ईलाका प्रहरी कार्यालय सखडामा बुझाएको छ ।