• गृहपृष्ठ
  • स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

Jan 5th, 2020

काठमाडौ, पुुस २०

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १८ औं वार्षिक साधारण सभा आइतवार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा रु.४२ करोड ४१ लाख ३८ हजार ८ सय ७४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सभाले आ.व. २०७५÷७६ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आ.व.को मंसिर मसान्तसम्म ६१ जिल्लाका १४० शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४५ हजार १ सय १६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१५ अर्व ६३ करोड ३३ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.८ अर्व २६ करोड ४४ लाख ५ हजार रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साधारण सभाले जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख ९९ हजार ४ सय कायम गर्ने निर्णय गरेको छ । उक्त साधारण सभाले सर्वसाधारण सेयरधनी समूह “ख” अन्तर्गत सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा विष्णु प्रसाद त्रिपाठीलाई निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट नरसिंहलाल चंखु, डमरु बल्लभ घिमिरे, अमृत रेग्मी, शिव प्रसाद पौडेल, इन्द्रकृष्ण श्रेष्ठ र उद्धव घिमिरेले आफ्नो मन्तव्य राख्नुहुदै वित्तीय संस्थाको उन्नती प्रगतिका लागि सल्लाह सुझाव दिनुभएको थियो ।