• गृहपृष्ठ
  • सानिमाको पोखरा शाखाले हिमालय आँखा हस्पिटललाई दियो वाटर प्यूरीफिकेशन मेसिन

सानिमाको पोखरा शाखाले हिमालय आँखा हस्पिटललाई दियो वाटर प्यूरीफिकेशन मेसिन

Jan 5th, 2020

काठमाडौ, पुुस २०

सानिमा बैंक लिमिटेड पोखरा, न्युरोड शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत यही पुुस १९ गते शनिबार पोखरा मा.न.पा. वडा नं. १७, घारीपाटन स्थित हिमालय आँखा हस्पिटलमा आउने दैनिक करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

उक्त मेसिन बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्धारा हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरिएको हो । साथै, बैंकको प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दे जाने बताए । त्यसै गरी हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. मर्हजनले सानिमा बैंकको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा ए.टि.एम रहेको छ ।