• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबिच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबिच सम्झौता

Jan 5th, 2020

काठमाडौ, पुुस २०

सेञ्चुरी कमर्सियल बैंक र भैसिपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलबिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा सात प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गर्नुभएको छ ।